सान्जेन जलविद्युत कम्पनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपब बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।
कम्पनीले १०० अंकित दरमा कुल ३६ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र रसुवाको आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङ तथा सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन पाउनेछन्।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

Online Arthik










