
पोखरा उधोग वाण्ज्यि संघको भदौ २४ र २५ गते हुन गईरहेको महाधिवेशनमा लाइन्स क्लव अफ पोखरा चौतारीले संथाका संथापक एवं पुर्व अध्यक्ष हरिहर सापकोटालाइ वरिष्ट उपाध्यक्षमा निर्वाचित गराउन आग्रह गरेको छ । क्लवको हिजो सम्पन्न पदस्थापना समारोहमा सहभागी लाईन्स एवं संथाका सदस्यहरुले मतदान गर्न आग्रह गरेका थिए । वरिष्ट उपाध्यक्षका प्रत्यासी हरिहर सापकोटा विगत १० वर्ष देखि पोखारा उधोग वाण्ज्यि संघमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
पोखराको न्युरोडबाट २०४८ सालमा किराना पसलबाट आफ्नो व्यवसाय सुरु गरेका सापकोटा सफल व्यवसायिको रुपमा चिनिदै आएका छन् । हाल हरि सपिङ्ग सेन्टर ,पध्मा स्टोर , देखि लिएर सौभाग्य रियलस्टेट , ए.एस रियलस्टेट एण्ड हाउजिङ्ग कम्पनि लगाएतका विभिन्न कम्पनिमा उहाँको संलग्नता छ । विभिन्न सामाजिक संघ संथामा रहेका सापकोटाले पोखरा जेसिशबाट सामाजिक अभियानलाई अगाडी बढाएको बताउछन् । निकै सहयोगी मनका सापकोटा हशिलो र मिजाशिलो भएकाले साथिहरु बिच लोकप्रिय छन् । सापकोटाले पोखरा उधोग वाणिज्य संघका उधोग व्यवसायि समक्ष आफुलाइ मतदान गर्न आग्रह गरेका छन् ।उनले सधै उधोगी व्यवसायिका हक हितका सवालमा काम गर्ने प्रतिबद्दता जनाएका छन् ।