नेशनल लाईफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम एक समारोहका बिच सम्पन्न भयो ।

कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्व सुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्य राखेको छ ।

सो परियोजना कार्यान्वयनका लागि रु २० लाख आर्थिक सहयोग उपलव्ध गराएको हो ।
परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्व साधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया