सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर ०आईपीओ० बाँडफाँट गरिएको छ ।


कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको थियो । यस आईपीओ १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएका थिए ।
कुल आवेदकहरूमध्ये १ हजार ३ सय १५ जनाको आवेदन रितपूर्वक नभएकोले रद्द गरिएको छ । योग्य रहेका १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँट गरिएको हो । मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गर्दा ३६ हजार ८५९ जना आवेदकहरूले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १८ लाख १ हजार ८९२ जना आवेदकहरूको हात खाली भएको छ ।
कम्पनीले सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको समेत ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरको कुल कित्तामध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरूको लागि र १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ ।

तपाईको प्रतिक्रिया