तारागाउँ रिजेन्सी होटल्सले आर्थिक वर्षको समीक्षा अवधिमा यो होटलले १८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ३ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेका थियो।

समीक्षा अवधिसम्म होटलले सेवा प्रवाहबाट ७० करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म होटलले १३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको थियो। अन्य स्रोतबाट पनि होटलले १४ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्तापुँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको होटलको रिजर्भमा ४४ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २४ करोड ३४ लाख रुपैयाँ रहेको थियो।

होटलको वार्षिकीकृत ईपीएस २.४१ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ४.१९ रुपैयाँले ऋणात्मक थियो। होटेलको प्रतिसेयर नेटवर्थ ११३.६४ रुपैयाँ छ।

 

 

तपाईको प्रतिक्रिया