
पिपुल्स हाइड्रोपावर कम्पनीले स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने ३ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले १०० अंकित दरका कुल ३२ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। जसमा आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्तामा लमजुङ जिल्लाभर बासिन्दाहरुले खरिद आवेदन दिन सक्नेछन्।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट तथा एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।