दसैँका लागि सर्वसाधारणले आज असोज २ गतेदेखि वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट साट्न पाउनेछन्। यसअघि नेपाल राष्ट्र बैंकबाट नयाँ नोट सटहीको सुविधा सुरु भइसकेको छ।

केन्द्रीय बैंकले आउँदै गरेको दसैँलाई लक्षित गरी सबै वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। आजदेखि वाणिज्य बैंकहरुले काठमाण्डौ उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट सटहीको व्यवस्था गर्नुपर्नेछ।

यसका साथै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट तथा सुकिलो नोट सटहीका लागि काठमाण्डौ उपत्यका (काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालय तोकेर आफ्नो वेबसाइटमार्फत सूचना दिनुुपर्नेछ।

 

तपाईको प्रतिक्रिया