जुनको सुरुदेखि नै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरले घटेको हो। योसँगै अमेरिका र अन्य धेरै देशमा मन्दी आउने सम्भावना छ।
मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी फेड रिजर्भलगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्।
यसले आगामी दिनमा तेलको मागलाई असर गर्ने अनुमान गरएको छ। धेरै वित्तीय र व्यापारिक सूचकहरुले पनि आगामी दिनमा ओरालो हुने संकेत गरिरहेका छन्। जसका कारण तेलको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ।
सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड ९७ सेन्ट बढेर ९२.३२ डलर प्रतिब्यारेल पुगेको थियो। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८४ सेन्टले बढेर ८५.९५ डलर प्रतिब्यारेल पुगेको छ।
अमेरिका र धेरै युरोपेली देशहरुमा मन्दीको संकेत तथा चीनमा कोरोना संक्रमित बढेसँगै आर्थिक गतिविधि प्रभावित हुने सम्भावना छ। यसले आगामी दिनमा तेलको माग अझै प्रभावित हुने विज्ञहरु ताउँछन्।
–एजेन्सी

Online Arthik










