अरुण काबेली पावर लिमिटेड कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले लाभांश घोषणा गरेको हो।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १० प्रतिशत बोनस सेयर (करबाहेक) सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो। नगद लाभांश कर प्रयोजनका लागि मात्र हुने पनि कम्पनीले स्पष्ट पारेको छ।
घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र आगामी १२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ।

Online Arthik










