
सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपिओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ । गोलाप्रथा मार्फत १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।
कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।
नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/allotment/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सिक्लेस हाइड्रोको वेबसाइट https://www.sikleshydro.com.np/ बाट हेर्न सकिने छ ।