सेबोनसँग सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेन्चियम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका छन्।

सेबोनले अनुमति दिएमा सोनापुर मिनिरल्सले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी मोदी इनर्जीले १०० अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै मेन्चियम हाइड्रोपावर १०० अंकित दरका कुल १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

 

तपाईको प्रतिक्रिया