झापा ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका डा। खगेन्द्र पाण्डव अधिकारी फेरि आमनेसामने भएका छन् ।
एमालेबाट ओली उम्मेदवार बन्ने निश्चित भएपनि कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम समयसम्म टुङगो नहुदा अन्तिममा डा। अधिकारीलाई नै टिकट दिएर उम्मेदवार टुंग्याएको छ ।
‘पहिले पनि चुनाव लड्न उहाँ प्राध्यापनबाट राजीनामा दिएर मैदानमा आउनुभएको हो’, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं भन्छन्, ‘पहिले पनि उठेकाले पुनः परिचित गराउनु नपर्ने भएकाले केन्द्रको रोजाइमा उहाँ पर्नु भएको हुनसक्छ ।’
अघिल्लो निर्वाचनमा प्रतिष्पर्धी बन्नुअघि डा। अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापन गर्थे । पार्टीबाट टिकट पाउने निश्चित भएपछि उनी साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर पूर्वप्रधानमन्त्री ओलीविरुद्ध लड्न झापा फर्किएका थिए ।
प्राध्यापक भएपनि उनी २०४८ सालबाटै कांग्रेससँग जोडिएका व्यक्ति हुन् । गौरादह क्याम्पसमा पढ्दा अधिकारी नेपाल विद्यार्थी संघ ९नेविसंघ० को इकाइ अध्यक्ष थिए । पछि कांग्रेसमा महासमिति सदस्य र पार्टी अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य पनि बनेका थिए ।
हाल अधिकारी पार्टीका केन्द्रीय कार्यसमिति सदस्य छन् ।

Online Arthik










