पिपुल्स पावर नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो। जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ।

नेप्सेमा आईपीओ सूचीकृत भएसँगै अब यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ। तर, भोलि शुक्रबार कारोबार नहुने र पर्सि शनिबार परेकोले आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउने भएको हो।

नेप्सेले यो कम्पनीलाई पीपीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतममा २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।

पिपुल्स पावरको गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड भने भदौ १२ गते गरिएको थियो।

तपाईको प्रतिक्रिया