नेप्सेमा सयपत्री हाइड्रोपावरको कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन्।

नेप्सेले यो कम्पनीलाइई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो।

 

तपाईको प्रतिक्रिया