नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हालको चुक्तापुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।