राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको दुर्घटनालाई ध्यानमा राखेर सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो। अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने प्राधिकरणले निर्णय गरेको छ।
हिजो भएकमे घटनासँगै सरकारले प्याराग्लाइडिङ उडान सुरक्षाबारे सूक्ष्म अध्ययन पनि गर्ने भएको छ। अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्नेछ। त्यसपछि मात्र प्याराग्लाइडिङ उडान खुला गर्ने विषयमा निर्णय हुनेछ।
पोखराको सराङकोटमा आज राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया