शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगुको संक्रमण भएपछि गत असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिए पछि ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा हिजो आइतबार बिहान निधन भएको थियो ा
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।
आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।
TRENDING :