गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा १२औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

विहान ११ बजे देखि १ बजेसम्म शेयर धनिहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको छ ।

साधारणसभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने, लेखा परीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।

साथै, सभाले आ.ब २०७७ ÷७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्तावसमेत पारित गरेको छ ।

सभाले  गुराँस लाइफसहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखाप रीक्षकहरु नियुक्ति, उनीहरुको पारीश्रमिक निर्धाण,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ  ।

त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्तावलगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।

 

तपाईको प्रतिक्रिया