
एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी एसिया ग्रोथ फन्ड, ब्यालेन्सड् फन्ड र डाइनामिक डेप्ट फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो।
यी तीनै योजनाको लाभांश वितरणार्थ भोलि कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ आज कात्तिक १४ गतेसम्म कायम इकाइधनीहरुमात्रै यी योजनाको नगद प्रतिफल पाउन योग्य हुनेछन्।
एनआईसी एसिया ग्रोथ फन्डका इकाइधनीहरुका लागि १३ प्रतिशत (करसहित), ब्लालेन्सड् फन्डका लागि पनि १३ प्रतिशत (करसहित) र डाइनामिक डेप्ट फन्डका लागि ६ प्रतिशत (करसहित) नगद लाभांश घोषणा गरिएको छ।