नेशनल लाइफ इ्रन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए ।

कार्यक्रममा महेन्द्रनगर शाखासँग आबद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो भने सो शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई खादा माला र मायाको चिनोले सम्मान गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया