नबिल बैंकका संस्थापक समूहका सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले एक सूचना प्रकाशित गरी उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो।
यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्। उनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता मूल्यसमेत उल्लेख गरी काठमाण्डौको तीनधारा विष्णामार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा गोप्य खामबन्दी निवेदन पेस गर्नुपर्नेछ।
तोकिएको मितिभित्र विद्यमान संस्थाकपहरुबाट सेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रप्रचलित कानुनी व्यवस्थाअनुसार उक्त सेयर अनय व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

Online Arthik










