नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउँदै आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले सो कार्यक्रम आयोजना गरेको बताए । साथै उनले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा स्पष्ट पारेका थिए ।

कम्पनीका बजार ब्यस्थापन बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरूलाई  प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए ।

कार्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले  सम्मान गरेका थिए ।

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया