सूर्या लाइफ इन्स्योरेन्स आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

प्रथम त्रैमासमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा ९ करोड ५५ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ५ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी पनि ३९.१७ प्रतिशतले उकालो लागेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २७.७७ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीले २१ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले नाफा १३३.२८ प्रतिशतले बढाउन सफल भएको छ।

समीक्षमा गत वर्षको यही अवधिको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ९ करोड ५१ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा बढेर १० लाख ३३ हजार रुपैयाँ पुगेको छ।

प्रथम त्रैमासमा कम्पनीको जीवन बीमा कोषको आकार ५४.९६ प्रतिशतले बढेर ७ अर्ब ४ करोड रुपैयाँको भएको छ। गत वर्ष बीमा कोषमा ४ अर्ब ५४ करोड रुपैयाँमा मात्र थियो।

गत वर्ष ६६ करोड १० लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर १ अर्ब ३ करोड १० लाख पैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल कायम बीमा लेखको संख्या २९ हजार ३२३ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ हजार ९२१ बीमा लेख जारी गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३५.३८ रुपैयाँ रहेको छ। गत वर्ष ईपीएस १६.०४ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.३२ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया