माउन्टेन इनर्जी कम्पनीले यस त्रैमासमा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । खुद नाफा लघिल्लो वर्षको तुलनामा ५.१४ प्रतिशत थोरै हो । यस्तै कम्पनीको विधुत विक्रीबाट भने वित्तिय आम्दानी बढेको छ ।
कम्पनीको उक्त आम्दानी ३८ करोड ७१ लाख रुपैयाँबाट बढेर ४७ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कर्मचारी सञ्चालन खर्च पनि ५२ लाख रुपैयाँबाट बढेर १ करोड ११ लाख रुपैयाँ पु्गेको छ । कम्पनीको चुक्ता पँुजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब २८ करोड रुपैयाँ छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्क १३५ रुपैयाँ ३६ पैसाबाट बढेर १६५ रुपैयाँ २७ पैसा पुगेको छ ।

तपाईको प्रतिक्रिया