गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले शिक्षण संस्थालाई ४ दिन बिदा दिने निर्णय गरेको जानकारी गराएको हो। सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

शिक्षण संस्थालाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय तथा सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया