नेपाल टेलिकम कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय ७.१४ प्रतिशतले घटेर ९ अर्ब ७ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको सञ्चालन आय ९ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा कम्पनीको कुल आय ०.८० प्रतिशतले बढेर ११ अर्ब ४ करोड रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो।

 

तपाईको प्रतिक्रिया