
नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले गत वर्षको नाफाबाट ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश(लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । सभाबाट पारित भएको बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैयाँको उचाईमा पुग्नेछ ।