
आईसीएफसी फाइनान्स लिमिटेड कम्पनी सञ्चालक समितिको हिजो मंसिर १४ गते बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २०७९ असार मसान्तसम्म कायम चुक्तापुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँ कुल १० प्रतिशतले हुन आउने ११ करोड २७ लाख ११ हजार ५२० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने ५ करोड ६३ लाख ५५ हजार ७६० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।