सानिमा बैंक लिमिटेड लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस ३ गते १८ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आम्रपाली ब्यांक्वेट, बालुवाटारमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

गत साताको अन्तिम कारोबार दिन बैंकको शेयर प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया