
ग्रीन भेन्चर्स लिमिटेडले समीक्षा अवधिमा कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ५३ लाख ७१ हजार रुपैयाँ घाटा भएको थियो।
कम्पनीको विद्युत बिक्रीबाट ५२ करोड ५२ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गरेको थिएन।
चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ८ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ २० करोड ८७ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.२३ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ०.२१ रुपैयाँले ऋणात्मक थियो।
पीई रेसियो ४८.३१ गुणा रहेको कम्पनी प्रतिसेयर नेटवर्थ १०२.६६ रुपैयाँ रहेको छ।