थाइल्यान्डको फुकेटमा भइरहेको १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक जितेकी छन् । । महिला मोडल फिजिक्सको फाइनल प्रवेश गर्ने क्रममा १० प्रतिस्पर्धीबाट श्वेता उत्कृष्ट फाइभमा प्रवेश गरी तीन प्रतिस्पर्धी हंगेरी, थाइल्यान्ड र मंगोलियाकी खेलाडीलाई उछिन्दै दोस्रो भएकी हुन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी श्वेताले महिला मोडल फिजिक्स विधामा पदक जितेकी हुन् ।यस विधामा हङकङ चाइनाकी तु सुयत यानले स्वर्ण जितेकी थिइन् । शुक्रबार पुरुष ६५ केजी तौलमा प्रज्वलमान शाक्ले कांस्य पदक जितेका थिए ।
TRENDING :