बायोमेटिक विवरण सहितको राष्ट्रिय परिचयपत्र नम्बर लिनेको संख्या एक करोड पुगेको छ । राष्ट्रिय परिचयपत्र बनाउने योजना सुरु गरेको १२ बर्षपछि करिब एकतिहाई नागरिक ९एक करोड०ले यस्तो नम्बर लिएका छन् । यसलाई सरकारले ऐतिहासिक उपलब्धि मानेको छ । ०७८ साउनदेखि राहदानी बनाउन परिचयपत्र नम्बर अनिवार्य गरेपछि सरकारी कार्यालयहरुमा परिचयपत्र लिनेको भिड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक तीर्थराज भट्टराईले एक करोड नेपालीको बायोमेटिक विवरण संकलन हुनु ठूलो सफलता भएको बताए । उनका अनुसार कार्तिक मसान्सम्म ९९ लाख ५५ हजारको विवरण संकलन भइसकेको थियो ।
दैनिक औसतमा २० देखि २५ हजारले बायोमेटिक विवरण दिएर परिचयपत्र लिने गरेका छन् । जसअनुसार यही मंसिरमा एक करोडको आंकडा पार भएको हो । बायोमेटिक विवरण उपलब्ध गराएलगत्तै सरकारले राष्टिय परिचय पत्र नम्बर उपलब्ध गराउने गर्दछ । सोही नम्बरका आधारमा राहदानी बनाउन सकिन्छ । अन्य सरकारी सेवामा पनि यो नम्बरलाई अनिवार्य गर्ने सरकारको योजना छ । राष्टिय परिचय विभागले देशैभरी विवरण संकलनका लागि अभियान र्न चलाएको छ । जसक्रममा ४३ जिल्लामा राष्ट्रिय परिचय पत्रको अभियान सकिएको महानिर्देशक भट्टराईले जानकारी दिए ा राष्टिय परिचयपत्र तथा पञ्जिकरण विभागका चालु आर्थिक वर्षमा ७० लाख नागरिकको विवरण संकलन गर्ने सरकारको लक्ष्य छ ा

तपाईको प्रतिक्रिया