फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ८४ करोड ४४ लाख ५० हजार ९८७.५ रुपैयाँको कुल ३० प्रतिशतले हुन आउने २५ करोड ३३ लाख ३५ हजार २९६.२५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६.८८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड २२ लाख २२ हजार ५४९.३७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया