सेन्ट्रल फाइनान्स लिमिटेड कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा कम्पनीको चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४ करोड ७४ लाख ४३ हजार ७७२.९४ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया