नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६० करोडको कुल २३.१५७९ प्रतिशतले हुन आउने १३ करोड ८९ लाख ४७ हजार ३६८.४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रुपैयाँबराबरको बोनस सेयर र १.१५७९ प्रतिशतले हुन आउने ६९ लाख ४७ हजार ३६८.४२ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।