
सेबोनले मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब मकर जितुमाया सुरी हाइड्रोपावरले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ।
यसैगरी सानिमा मिडिल तमोदरले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ८३ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८३ लाख ३१ हजार २५० कित्ता जारी गर्नेछ।
सानिमा मिडिल तमोदर आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
जितुमाया सुरी हाइड्रोपावर आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।