युनियन लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५५३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

Online Arthik










