
मर्जरपछि कुमारी बैंक र एनसीसी बैंकको आज एकीकृत वित्तीय कारोबारको सुरुआत गर्न आयोजितगरिएको कार्यक्रममा कुमारी बैकको अध्यक्ष राणाले सम्हाल्ने निर्णय भएको छ । साबिकको एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले यसअघिको सहमतिबमोजिम राणालाई कुमारी बैंकको अध्यक्ष चयन गरिने जानकारी दिएका हुन्।
राणालाई अध्यक्ष चयन गर्ने निर्णय आजै हुने पनि न्यौपानेले जानकारी दिए। ‘एकीकृत कारोबार शुभारम्भ कार्यक्रमपछि बस्ने सञ्चालक समितिको बैठकले उहाँलाई अध्यक्षमा चयन गर्नेछ’, उनले भने।