
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बुधबार (पुस २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
योसँगै अब उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश पाउने छैनन्।
अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउनेछ। प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण पारित गर्नेछ।