बैंक अफ काठमाण्डू र  ग्लोबल आइएमई बैंक दुवै बैंक सञ्चालक समितिको पुस २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। योसँगै दुई बैंकले उक्त मितिबाट सेयर कारोबार रोक्का राखिदिन भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गरेका छन्।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रक्रिया सकिएर यही पुस २५ गतेबाट ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुँदैछ। दुवै बैंक १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।

नेपाल धितोपत्र बोर्डको मर्जर निर्देशकाबमोजिम एकीकृत कारोबार सुरु हुने मितिबाट बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै बैंकले पुस २५ गतेबाट बढीमा १६ दिनका लागि सेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया