समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको गत पुस २२ गते जीतपुर–सिमरा नगरपालिकाको जीतपुरमा शुशिला लामाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा १४० जनाको सहभागिता थियो।

समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको छ।

प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले कार्यक्रममाथि प्रकाश पार्दै महिलालाई रोजगारीका लागि आबद्ध हुन आह्वान गरे। कुमारबहादुर कार्कीद्वारा सञ्चालन कार्यक्रममा क्षेत्रीय प्रमुख दिगम्बर प्रसाद, सुरेन्द्र कुश्वाहा र बसुन्धरा गैरेले मन्तव्य राख्नु भएको थियो।

त्यस्तै गत पुस २३ गते रेनुकुमारी साहको अध्यक्षतामा हेटौँडामा आयोजित कार्यक्रमका प्रमुख अतिथिको आसनबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिलाको समृद्धि बिना देश विकास नहुने भएकोले महिलाहरु अगाडि बढ्नुपर्ने धारणा राखे।

 

तारकेश्वर नगरपालिका नेपालटारमा पनि पुस २३ गते कार्यक्रम सम्पन्न भएको छ। महारानी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलालाई समाजमा सम्मानित अवस्थामा पुर्याउन यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सन्तोष अधिकारीद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य हरिहर कार्की र क्षेत्रीय प्रमुख राम प्रसाद भुसालले मन्तव्य राखेका थिए। कार्यक्रममा ९५ जनाको सहभागिता थियो।

महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रमलाई देश भरी अभियानका रुपमा सञ्चालन गर्ने क्रममा उक्त कार्यक्रम जोशीपुर कैलाली, सूर्यविनायक भक्तपुर, पर्सा चितवन, गुलरिया बर्दियामा पनि व्यापक सहभागिताका बीच सम्पन्न भएको छ।

 

तपाईको प्रतिक्रिया