
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको सञ्चालक समितिको सोमबार (पुस २५ गते) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२.८३ रुपैयाँको कुल २१.०५२६३२ प्रतिशतले हुन आउने २९ करोड २१ लाख ४ हजार ९१८.०१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १३ करोड ८७ लाख ४९ हजार ८३३.२८ रुपैयाँबराबरको बोनस सेयर र ११.०५२६३२ प्रतिशतले हुन आउने १५ करोड ३३ लाख ५५ हजार ८४.७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।