
दुई बैंक मर्ज भई ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’को नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु भएको हो। ‘समृद्धिका पथमा सँगै अघि बढ्दै’ नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ।
काठमाडौमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरेका हुन्। दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० रहेको छ।
मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साबिक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन्। नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिब्रेवाला र मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन्।
बैंकिङ क्षेत्रमा अग्रणी बैंकहरुका रुपमा सबल एवं सक्षम संस्थाका रूपमा परिचित रहिआएका दुवै बैंक आपसमा गाभिएपश्चात देशकै ठूला वाणिज्य बैंकहरुमध्येको एक हुँदै सम्पूर्ण वित्तीय सूचकमा अग्रता हासिल गर्न सक्षम हुनेछ भन्ने
मर्जरपश्चात बैंकको कुल चुक्तापुँजी रु. ३४.१२ अर्ब, कुल पुँजी रु. ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु. ४ खर्ब ७१ अर्ब, कुल निक्षेप रु. ३६०.२ अर्ब तथा कजा लगानी रु ३२९.०६ अर्ब गरी कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै ठूला वाणिज्य बैंकमध्येको एक अग्रणी बैंक बनेको छ।
त्यसैगरी मजरपछि बैंकको शाखा संख्या २९६ पुगेको छ भने एक्सटेन्सन काउन्टर ५९ शाखारहित बैंकिङ सेवा १०९ तथा एटीएम सञ्जाल २७९ पुगेको छ। निकटतम भविष्यमा थप शाखा सञ्जाल विस्तार गरी देशका ७७ वटै जिल्लालाई समेटेर हरेक नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गरिने प्रतिबद्धता बैंकले जनाएको छ।