युनाईटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ ।  कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रहेको छ ।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

तपाईको प्रतिक्रिया