गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८७९ का लागि प्रस्तावित कुल .८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा . प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ .३४ प्रतिशत नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पनि स्वीकृति गर्नेछ। 

लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ २० बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन सभामा भाग लिन योग्य हुने छन्। 

तपाईको प्रतिक्रिया