
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ७ करोड ६८ लाख १० हजार ८०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ८ हजार १०० रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ९२ लाख २ हजार ७०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।