
कालिञ्चोक दर्शन लिमिटेड कम्पनीले गत माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सीडीएसका अनुसार हिजो बिहीबार साँझसम्म यो आईपीओमा ११ लाख ४७ हजार ५०२ आवेदकबाट १ करोड ३३ लाख ९१ हजार ८१० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा झन्डै १५ गुणा बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ८९ हजार ६४० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
यसअघि सर्वसाधारण जारी गरिने कुल कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकिएको छ।