काठमाडौं भ्याली भित्रका कलेजहरुलाई मध्यनजर गर्दै सर्टिफाइड कलेज अफ अकाउण्टेन्सी सिसिएले अन्तर कलेज एस्से कम्पिटिसन गर्ने भएको छ ।

उक्त प्रतियोगितामा काठमाडौ भित्र रहेका कलेजहरुले सहभागीता जनाउन सक्ने सिसिएका कार्यकारी निर्देशक मनिस शर्माले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा पहिलो राउण्डमा सहभागी बिद्यार्थीले कलेजले दिएको बिषयमा बढिमा एक हजार शब्दको एस्से लेखेर कलेजलाई मेल गर्नुपर्नेछ ।

प्राप्त एस्सेहरुबाट निर्णयक मण्डलले उत्कृष्ट एस्से लेख्ने १० बिद्यार्थीलाई दोस्रो अथवा फाईनल राउण्डका लागि छनौट गर्नेछन् ।

दोस्रो राउण्डमा सेलेक्ट भएका प्रतियोगीहरुले ७ सय भन्दा कम शब्दको एस्से लेख्नुपर्नेछ ।

सेलेक्ट भएका एस्सेहरुमध्ये उत्कृष्ट एसेलाई विजेता घोषणा गरिने छ ।

क्रमश फष्ट रनर्सअपले १५ हजार सेकेण्ड रनर्सअपले १० हजार बिजेताले ३० हजार नगद प्राप्त गर्नेछ भने कम्पिटिसनमा सहभागी बिद्यार्थीहरुले प्लस टु पछि एसिसिए पढ्न चाहेमा २५ हजार छुटपनि प्राप्त गर्न सक्ने सिसिएका एकेडेमिक निर्देशक दिवस शिलवालले बताउनुभयो ।

कम्पिटिसनमा सहभागी बिद्यार्थीले माघ ६ गतेसम्ममा आफ्नो नाम दर्ता गराईसक्नुपर्नेछ । कम्पिटिसनमा एउटा कलेजबाट बढिमा २ जनाले सहभागीता जनाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया