उपत्यकामा केही दिनदेखि मज्जाले हावा चलिरहेको छ। त्यस्तो हुनुको कारण्ॉजेट स्ट्रिम’रहेको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका वायुमण्डलको ठीकमाथि तीव्र गतिमा हावा चल्ने क्षेत्रलाई ‘जेट स्ट्रिम’ भनिन्छ। जेट स्ट्रिमका कारण प्रदूषणलाई बढारेर लैजाँदा मौसम खुलेको हो। पोखरेलले भने ‘यतिबेला जमिन धेरै तातियो। सामान्यत सुक्खा भएपछि र जमिन तातिएपछि चैत वैशाखमा हावा चल्छ। अहिलेको हावा पनि त्यस्तै छ। दिउँसोको घाम गर्मी माघको जस्तो छैन।’
जेड स्ट्रिम अन्त सरेको भए काठमाडौैंसम्म पानी पर्न सक्ने थियो। तर, यस विषयमा राम्रोसँग विश्लेषण गर्न बाँकी रहेको उनले बताए। जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाकी वरिष्ठ मौसमविद्, इन्दिरा कँडेलले भनिन्, ‘वेस्टर्न डिस्टवेन्स’ मा अवरोध आउँदा प्रदूषण सफा भएको हो। तर, त्यसले जति पानी पर्नुपर्ने थियो। पानी पार्न दिएन।’ हिउँदे वर्षा समयमा नहुने समस्या पहिला पनि हुन्थ्यो। तर, पछिल्लो समय यो क्रम बढेको बताइन।
त्यस्तै, जलवायुविज्ञ अजय दीक्षितका अनुसार पूर्वानुमान नमिल्नु भनेको मौसमी प्रणालीमा पक्कै केही नराम्रो भइरहेको छ भन्ने बुझिएको बताए। ‘मौसमले अनियमित व्यवहार देखाउनु राम्रो होइन। यो बेला पश्चिमी वायुले माघे झरी ल्याउनुपर्ने हो। त्यसो भएन’, दीक्षितले थपे, ‘मौसम प्रणाली के भइरहेको हो रु किन कुनै पनि सिस्टमले काम गरेन। पक्कै अर्थपुर्ण छ।’ हिउँदमा पानी नपरेको उदाहरण पहिला भए पनि पश्चिमी वायु सामान्यतया हिउँदमा आउनुपर्ने बताए।
अरबियन महासागरबाट बंगालको खाडी हुँदै मेघालयको पहाडमा ठोक्किएर पश्चिम लाग्दै नेपाल र भारतमा पानी पार्नुपर्ने हो। सहप्राध्यापक डा। पोखरेलले पहिलाको मौसम पूर्वानुमान नमिल्न थालेको र सिस्टम अप्ठ्यारो भएको बताए। उनका अनुसार हावाले तलबाट माथि ठेलेको छ। त्यसले जेट स्ट्रिम यताउता चल्न सकेन। ‘यस्तो जटिल प्रणाली अरू बेला हुँदैनथ्यो। यसपटक साह्रै जटिल भयो।
मौसम काठमाडौं नआइपुग्ला जस्तो भयो’, उनले भने। पश्चिममा मंगलबारबाट पानी परेको छ। बिहीबार, शुक्रबार र शनिबार ब्रेक छ। आइतबारबाट फेरि अर्को प्रणाली आउँदैछ। त्यो प्रणाली पनि काठमाडौं आइपुग्न मुस्किल छ।

Online Arthik










