आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २० करोड ७ लाख रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने ४३ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ४१ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया